८ असोजमा कुन–कुन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना ?
ईर्साद अन्सारी
८ असाेज,काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
केही स्थानमा हावाहुरीसमेत चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। प्रदेशगत मौसम पूर्वानुमान यस्तो छ ।
१. कोशी प्रदेश
दिउँसो हिमाली, पहाडी र तराई तीनै क्षेत्रमा बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
थोरै स्थानमा धेरै भारी वर्षा हुनसक्ने तथा तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना छ। राति हिमाली र पहाडी क्षेत्रमा पनि थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
२. मधेश प्रदेश
दिउँसो तराई क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षा र हावाहुरीको सम्भावना छ। राति मध्यम वर्षासँगै केही स्थानमा हावाहुरीको सम्भावना छ।
३. बागमती प्रदेश
दिउँसो हिमाली, पहाडी र तराई क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। राति पनि तीनै क्षेत्रमा वर्षाको सम्भावना छ।
तराईमा थोरै स्थानमा धेरै भारी वर्षा र हावाहुरीको सम्भावना छ।
४. गण्डकी प्रदेश
दिउँसो हिमाली, पहाडी र तराई क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। राति पनि तीनै क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा थोरै स्थानमा धेरै भारी वर्षा र हावाहुरी चल्नसक्नेछ।
५. लुम्बिनी प्रदेश
दिउँसो हिमाली, पहाडी र तराई क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। राति पनि तीनै क्षेत्रमा वर्षा हुने तथा तराईमा थोरै स्थानमा धेरै भारी वर्षा र हावाहुरीको सम्भावना रहेको छ।
६. कर्णाली प्रदेश
दिउँसो हिमाली र पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। राति पनि हिमाली र पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ। धेरै भारी वर्षाको सम्भावना भने उल्लेख गरिएको छैन।
७. सुदूरपश्चिम
प्रदेश दिउँसो हिमाली, पहाडी तथा तराई क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। राति पनि तीनै भू–भागमा केही स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ। धेरै भारी वर्षाको सम्भावना छैन।
समग्रमा, आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना देखिएको छ। यी प्रदेशका केही स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङको जोखिमसमेत रहेकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0