२० वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार पक्राउ
२१ कातिक,परासी । कर्तव्य ज्यान मुद्दामा १० वर्ष ५ महिना १७ दिन कैद सजाय तोकिएपछि फरार रहेका एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिका–७ सूर्यपुरा निवासी ५७ वर्षीय वीरेन्द्र गुप्ता रहेका छन् ।
नवलपरासी जिल्ला अदालतले २०६३ असार ३२ गते कर्तव्य ज्यान मुद्दामा गुप्तालाई १० वर्ष ५ महिना १७ दिन कैद सजाय हुने फैसला गरेको थियो । तर, फैसला कार्यान्वयन हुन बाँकी रहेपछि उनी लामो समयदेखि फरार रहँदै आएका थिए ।
फरार कसुरदारको खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले जनाएको छ ।
पक्राउ परेका गुप्तालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेशअनुसार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0