११ वर्षीय राजेश साहको हत्या आरोपमा १७ वर्षीय किशोर पक्राउ
१६ भदाै,बारा । बाराको विश्रामपुर गाउँपालिका–३ मुसहर्वाका ११ वर्षीय बालक राजेश कुमार साहको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गत भदौ ९ गते बिहान करिब ५ बजे बालक राजेश कुमार साह हराएको भन्दै परिवारले प्रहरी चौकी मुसहर्वामा जानकारी गराएका थिए।
त्यसपछि प्रहरीले बालकको खोजी कार्य अघि बढाएको थियो। खोजीका क्रममा भदौ ११ गते बिहान करिब ८ः३० बजे भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्ला, सुगौली पञ्चायत–१ स्थित सिंह नदीको किनारमा बालक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे अनुसन्धान गर्ने क्रममा संकलित सीसीटीभी फुटेज, स्थानीयवासीको भनाइ तथा भारतीय प्रहरीसँगको समन्वयबाट बालकलाई अपहरण गरी भारत लगेर हत्या गरिएको खुलेको प्रहरीको भनाइ छ।
घटनामा संलग्न रहेको आरोपमा विश्रामपुर गाउँपालिका–३ मुसहर्वाका १७ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। नाबालक भएकाले प्रहरीले उनको पहिचान सार्वजनिक गरेको छैन।
पक्राउ परेका किशोरविरुद्ध अपहरण तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका किशोरसँग थप सोधपुछ गर्नुका साथै घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता मिनबहादुर घलेले जानकारी दिएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0