सिरहामा ९७ ग्रामभन्दा बढी खैरो हेरोइनसहित ४ जना पक्राउ
२८ भदाै,सिरहा । सिरहामा ९७ ग्राम ५३० मिलिग्राम खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार भारतबाट लागू औषध खैरो हेरोइन खरिद गरी संकलन गरेर सिराहाका विभिन्न स्थानमा बिक्री गर्दै आएको आरोपमा गोलबजार नगरपालिका–१२, बेतौनास्थितबाट उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१२ बेतौना निवासी २० वर्षीय अरविन्द कुमार सिंह, ३२ वर्षीय भुनेश्वर मण्डल, २७ वर्षीय वीरेन्द्र कुमार साह र गोलबजार नगरपालिका–६ निवासी ३३ वर्षीय रितेश यादव रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ९७ ग्राम ५३० मिलिग्राम खैरो हेरोइन, पाँच थान मोबाइल र एक थान डिजिटल तराजु बरामद गरेको जनाएको छ।
पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय गोलबजार, सिरहामा बुझाइएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0