सिमराको होटलमा हत्या : मुख्य अभियुक्त आयुष राई पक्राउ
३ असोज,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सम्झना स्टाफ होटलमा भएको हत्या घटनाका मुख्य अभियुक्तमध्ये एक आयुष राई पक्राउ परेका छन् ।
प्रहरीका अनुसार राईलाई जीतपुरसिमरा–१६ महेन्द्रनगरबाट भर्खरै पक्राउ गरिएको हो । घटनामा संलग्न चार जनामध्ये राईलाई मुख्य अभियुक्तका रूपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
शनिबार साँझ करिब ५ बजे सम्झना स्टाफ होटलमा धारिलो चक्कु प्रहार हुँदा स्थानीय करिब ३५ वर्षीय शेरबहादुर खड्का गम्भीर घाइते भएका थिए । उनको घाँटीमा चक्कु प्रहार भएको थियो ।
गम्भीर घाइते खड्काको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले संलग्न व्यक्तिहरूको खोजी तीव्र पारेको थियो । सोही क्रममा मुख्य अभियुक्तमध्येका राईलाई जीतपुरसिमरा–१६ महेन्द्रनगरबाट पक्राउ गरिएको हो ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0