सामाजिक सञ्जालमा विदेशी महिलाको चरित्र हत्या गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ

Sep 16, 2026 - 17:37
 0  10
सामाजिक सञ्जालमा विदेशी महिलाको चरित्र हत्या गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ

३१ भदाै,काठमाडौं । सामाजिक सञ्जालमार्फत चिनजान भएकी विदेशी महिलासँग प्रेम सम्बन्धका क्रममा खिचिएका तस्बिर उनका आफन्त तथा परिवारजनलाई पठाएर चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ बस्ने २३ वर्षीय प्रशान्त जयसवाल रहेका छन्। प्रहरीका अनुसार जयसवालको विदेशी महिलासँग सामाजिक सञ्जालमार्फत चिनजान भई उनीहरूबीच मित्रता हुँदै प्रेम सम्बन्ध कायम भएको थियो।

सोही क्रममा खिचिएका तस्बिरहरू उनले पीडित महिलाका आफन्त तथा परिवारजनका सामाजिक सञ्जाल खातामा पठाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे साइबर ब्यूरोले प्राविधिक विश्लेषण तथा अनुसन्धान गरेपछि जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा जयसवाललाई भदौ ३० गते पक्राउ गरेको हो। पक्राउ परेका जयसवालविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

 साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको व्यक्तिगत तस्बिर तथा विवरण सार्वजनिक गर्ने वा चरित्रमा आँच पुर्‍याउने कार्य कानुनी कारबाहीको दायरामा पर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0