सर्लाहीकाे ईनर्वा नाकाबाट स्रोत नखुलेको ४ लाख रुपैयाँसहित दुई जना नियन्त्रणमा
ईर्साद अन्सारी
१३ मंसिर,सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ स्थित इनर्वा नाकाबाट स्रोत नखुलेको नेपाली नगद ४ लाख रुपैयाँसहित दुई जनालाई एउटा मोटरसाइकल सहित सशस्त्र प्रहरिले दसईजनालाई नियन्त्रणमा लिइएको छ।
सशस्त्र प्रहरी बल, नेपाल बीओपी सखुअवाबाट खटिएको पिकेट टोलीले शनिबार भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा डिक्कीभित्र लुकाएर राखिएको उक्त रकम बरामद गरेको हो।
रकमको स्रोत खुलाउन नसकेपछि मोटरसाइकलमा सवार दुवै जनालाई नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद रकम, दुवै व्यक्ति र मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0