मकवानपुरमा श्रीमतीको कुटपिट गरी हत्या, आरोपमा श्रीमान् पक्राउ

Nov 28, 2026 - 17:52
 0  9
मकवानपुरमा श्रीमतीको कुटपिट गरी हत्या, आरोपमा श्रीमान् पक्राउ

ईर्साद अन्सारी

१२ मंसिर,मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ गोठभित्तामा आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले श्रीमान्लाई पक्राउ गरेको छ।

 पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय रमेश पाख्रिन रहेका छन्। प्रहरीका अनुसार २०८३ मंसिर ११ गते राति करिब ९ बजे रमेश र उनकी ३५ वर्षीया श्रीमती रुकु पाख्रिनबीच झैझगडा भएको थियो।

मादक पदार्थ सेवन गरेका रमेशले श्रीमती रुकुलाई कुटपिट गर्दा उनी अचेत भएकी थिइन्। घटनाबारे स्थानीयमार्फत जानकारी पाएपछि प्रहरी चौकी फाखेलबाट खटिएको टोलीले घरभित्रै सुत्ने कोठामा रुकुलाई मृत अवस्थामा फेला पारेको थियो।

घटनाबारे सनिबार  करिब १०ः३० बजे प्रहरीमा थप जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको थियो।

घटनामा संलग्न रहेको आरोपमा रमेशलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0