वीरगन्जमा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा निजगढका एक युवक पक्राउ
१६ कात्तिक,बारा । पर्साको वीरगन्ज महानगरपालिका–१६ लिंकरोडबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बारा जिल्लाको निजगढ नगरपालिका–११ निवासी २७ वर्षीय राकेश चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–२४ रामगढवाका ३० वर्षीय विकाश कुमार कुशवाहाको नाममा दर्ता रहेको मधेश प्रदेश ०३–०३५ प ७१७५ नम्बरको २२० सीसीको रातो–कालो पल्सर मोटरसाइकल लिंकरोडस्थित सडक छेउमा पार्किङ गरी राखिएको थियो।
मोटरसाइकलको लक तोडी डोर्याउँदै भागिरहेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनलाई कात्तिक १५ गते बिहान करिब ९ः३० बजे चोरी गर्न खोजिएको मोटरसाइकलसहित पक्राउ गरेको जनाएको छ। पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0