रौतहटमा बुधबार बिहान सवा ९ बजे ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु
१४ असाेज, बारा ।रौतहटमा बुधबार बिहान सवा ९ बजे ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।
गढीमाई नगरपालिका–७ धरमपुरस्थित भित्री सडकखण्डमा बुधबार बिहान करिब ९ः१५ बजे धरमपुरबाट पौराहीतर्फ जाँदै गरेको ना.६ त ८४९२ नम्बरको ट्याक्टरले आफ्नै घरअगाडि बाटोमा खेलिरहेका स्थानीय छोटेलाल यादवका छोरा ६ वर्षीय रितिक यादवलाई ठक्कर दिएको हो।
ट्याक्टरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका बालकको बेटर नेपाल अस्पताल, गरुडामा उपचारका क्रममा बिहान १०ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी धरमपुरबाट प्रहरी सहायक निरीक्षक कृष्णमोहनप्रसाद गुप्ताको कमाण्डमा तीन जनाको टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार दुर्घटनापछि ट्याक्टर घटनास्थलमै छाडेर चालक फरार भएका छन्। फरार चालकको नामथर तथा वतन खुल्न सकेको छैन। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको कमाण्डमा SOCO सहितको टोली परिचालन गरिएको छ
। प्रहरीले ट्याक्टरधनी स्थानीय सञ्जीव यादवलाई नियन्त्रणमा लिएको छ भने दुर्घटनामा संलग्न ट्याक्टरलाई प्रहरी चौकी धरमपुरमा ल्याउने प्रक्रिया भइरहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0