रामग्राममा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ४ राउण्ड गोली

Aug 31, 2026 - 19:09
 0  2
रामग्राममा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ४ राउण्ड गोली

१५ भदाै,काठमाडौँ। पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिकामा लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा ४ राउण्ड गोली चलाएको छ।

 ब्यूरोको भैरहवा शाखाबाट खटिएको टोलीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनीहरूको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन।

 पक्राउ गर्ने क्रममा प्रहरीले १५८ ग्राम खैरो हेरोइन बरामद गरेको ब्यूरो स्रोतले जनाएको छ। लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा ४ राउण्ड फायर गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एक अधिकृतले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0