बारा निजगढमा श्रीमतीको मृत्यु प्रकरणमा श्रीमान् पक्राउ, कुटपिट गरेको आरोप

Oct 8, 2026 - 11:51
 0  14
बारा निजगढमा श्रीमतीको मृत्यु प्रकरणमा श्रीमान् पक्राउ, कुटपिट गरेको आरोप

२२ असाेज,बारा । निजगढ नगरपालिका–१२ रामथलीमा श्रीमान्को कुटपिटबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा निजगढ–१२ रामथली बस्ने ४७ वर्षीया सुकुमाया मोक्तान रहेकी छन्। प्रहरीले घटनामा संलग्न भएको आरोपमा उनका श्रीमान् ५५ वर्षीय विजय मोक्तानलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार विजयले घरायसी विवादका क्रममा सुकुमायालाई लहराको टुक्राले कुटपिट गरेका थिए। कुटपिटबाट सामान्य घाइते भएकी सुकुमायाको स्थानीय मेडिकलबाट चिकित्सकलाई घरमै बोलाएर जाँच तथा औषधि उपचार गरिएको थियो।

 उपचारपछि सुकुमायाले सोही दिन राति करिब ८ बजे खाना खाएर सुतेकी थिइन्। आज बिहान करिब ४ बजे विजयले उनलाई उठाउन खोज्दा नउठेपछि मृत्यु भएको थाहा भएको प्रहरीले जनाएको छ।

 घटनाबारे बिहान ६ः४० बजे अस्थायी प्रहरी पोष्ट रतनपुरमा जानकारी गराइएको थियो। जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षकको कमाण्डमा तथा इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

 प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी सुकुमायाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, कलैया ल्याएकाे  छ।

घटनामा संलग्न विजयलाई नियन्त्रणमा लिएर घटनाको कारण तथा मृत्युको वास्तविक अवस्था खुलाउने गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0