पृथ्वीचोक बसपार्कमा यात्रु तानातान गर्ने १५ जना नियन्त्रणमा
२० असाेज,पोखरा । पर्यटकलाई हैरानी दिँदै जबरजस्ती सवारीसाधन वा होटलमा लैजान खोज्ने १५ जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ।
कास्कीको पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोक बसपार्क क्षेत्रमा पर्यटक तथा यात्रुलाई हैरानी दिने गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
मंगलबार दिउँसो करिब १ बजे वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले बसपार्क क्षेत्रमा निगरानी गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा इन्ड्राइभ, पठाओ तथा जिप चालकसहित यात्रुलाई हैरानी दिने व्यक्तिहरू रहेका छन्।
उनीहरूलाई अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदाममा ल्याइएको छ। पक्राउ परेकाहरूमा स्याङ्जाको वालिङ–११ का ३१ वर्षीय मनोज बस्याल, पोखरा–७ का २१ वर्षीय संजय आले, लमजुङको सुन्दरबजार–६ घर भई पोखरा–७ बस्ने ३० वर्षीय पवन ढकाल, पोखरा–११ रानीपौवाका ४३ वर्षीय अनिल परियार र पोखरा–१६ का २० वर्षीय जिवन घताने रहेका छन्।
त्यस्तै, कैलालीको गोदावरी–८ घर भई पोखरा–८ बस्ने २६ वर्षीय राकेश चौधरी, गोरखाको सहिद लखन–६ घर भई पोखरा–१५ नयाँगाउँ बस्ने ४० वर्षीय विक्रम थापा, पोखरा–१३ काउखोलाका ४२ वर्षीय रेशम सापकोटा, पोखरा–१५ का ४३ वर्षीय राजकुमार सुनार र पोखरा–९ का ४० वर्षीय सन्तोष कार्की पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पोखरा–९ का ४० वर्षीय शुसिल राना, स्याङ्जाको आँधीखोला–१ माझकटेरी घर भई पोखरा–१५ बस्ने ४६ वर्षीय वीरप्रसाद गुरुङ, पोखरा–१४ खल्टेमसिनाका २१ वर्षीय सोहन परियार, पर्वतको मोदी–२ घर भई पोखरा–१४ बस्ने ३९ वर्षीय कृष्ण तिमिल्सिना र स्याङ्जाको विरुवा–२ घर भई पोखरा–१० बस्ने ४९ वर्षीय लीलाबहादुर राना पनि रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0