पर्साकाे जिराभवानीमा मोटरसाइकल दुर्घटना, एक जनाको ज्यान गयो

Nov 2, 2026 - 16:01
 0  4
पर्साकाे जिराभवानीमा मोटरसाइकल दुर्घटना, एक जनाको ज्यान गयो

१६ कातिक,बारा । पर्साको जिराभवानी गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा स्थानीय सखुवनियाका ४५ वर्षीय सन्जय खवास रहेका छन् । आइतबार राति जिराभवानी गाउँपालिका–५ स्थित सडकमा खवास आफैंले चलाएको बा.४४ प २३०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका खवासलाई उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0