नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

Nov 9, 2026 - 13:18
 0  14
नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

२३ कातिक,काठमाण्डाैं । नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

 आज  करिब १०:५५ बजे बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो।

 दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल नुवाकोटको विदुर नगरपालिका–९ बस्ने ४७ वर्षीय बुद्धिमान तामाङ, विदुर नगरपालिका–१३ बस्ने ३१ वर्षीया बिन्दा थापा मगर र सोही स्थानकी २७ वर्षीया सुनिता थापा मगर घाइते भएका थिए।

तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली पुर्‍याइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो।

 दुर्घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0