दैलेखमा हँसिया प्रहारबाट एकै परिवारका पाँचजना घाइते, एक पक्राउ

Nov 8, 2026 - 14:47
 0  8
दैलेखमा हँसिया प्रहारबाट एकै परिवारका पाँचजना घाइते, एक पक्राउ

ईर्साद अन्सारी

२२ कातिक,काठमा्णडाैं । दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा हँसिया प्रहार गरी कुटपिट गर्दा एकै परिवारका पाँचजना घाइते भएका छन्। 

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ३६/३७ वर्षीय बमबहादुर रावतलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार आईतबार करिब ५ बजे रावतले स्थानीय चन्द्रबहादुर पुन मगरको घरमा पुगेर धारिलो हतियार हँसिया प्रहार गर्दै कुटपिट गरेका थिए।

 आक्रमणबाट पुनकी श्रीमती, भाइबुहारी, दुई छोरी र तीन महिनाकी नातिनी घाइते भएका हुन्। घाइतेमध्ये ४५ वर्षीया बिमा मगरको टाउको र अनुहारमा चोट लागेको छ।

उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। त्यस्तै, २५ वर्षीया महेसरा पुनका दुवै हत्केला छिनिएका छन्। २० वर्षीया लक्ष्मी पुन, २३ वर्षीया तिला पुन मगर र तिलाकी तीन महिनाकी छोरी जानकी रोक्का मगरको अवस्था मध्यम रहेको छ।

 घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेकोमा बिमा मगरलाई बिहान ११ः०५ बजे स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको प्रहरीले जनाएको छ।

 घटनाबारे बिहान ५ बजे प्रहरी चौकी ठाटीकाँधमा सूचना प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक लालबहादुर शाहीको कमाण्डमा चार जनाको टोली घटनास्थल पुगेको थियो।

 थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बिहान ८ः४० बजे इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कडेलको कमाण्डमा नौ जनाको थप प्रहरी टोलीसमेत घटनास्थलतर्फ खटाइएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रावतलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0