रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ जना घाइते

Nov 9, 2026 - 15:33
 0  13
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ जना घाइते

२३ कातिक,काठमाण्डाैं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

 घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। आज दिउँसो १२ बजे थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे.१ च ३११२ नम्बरको डबल क्याब जीप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो।

जीप आठबिसकोट नगरपालिका–४ निवासी २५ वर्षीय प्रदीप विकले चलाएका थिए। दुर्घटनामा आठबिसकोट नगरपालिका–५ निवासी १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुनेहरूमा १९ वर्षीया जुना कुमारी थापा, ३५ वर्षीय वीरबहादुर थापा (जीपधनी), २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनि थापा, ८ वर्षीय युवराज थापा र ४ वर्षीया विरता थापा रहेका छन्।

उनीहरूको अवस्था गम्भीर रहेको छ। त्यस्तै, २५ वर्षीया हिरा थापा र २ वर्षीय गौरव थापा मध्यम घाइते भएका छन्। सामान्य घाइते हुनेमा २३ वर्षीया सुशिला थापा एरी, २८ वर्षीया भावना थापा एरी, २७ वर्षीया खिममाया थापा, २० वर्षीया रमिता एरी र १९ वर्षीया निर्मला एरी रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0