तनहुँमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ६ जना घाइते
२६ असाेज,तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
सोमबार साँझ ५:४५ बजे बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग २ च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा ब्याक भएर सडकको किनारबाट करिब ७ मिटर तल नालीमा खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा जिपमा सवार ८ जनामध्ये ७ जना घाइते भएका थिए। घाइतेमध्ये आँबुखैरेनी गाउँपालिका–६ खापस्वाराकी ४७ वर्षीया इन्द्रमाया गुरुङलाई उपचारका क्रममा साँझ ६:२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा सोही ठाउँका ४९ वर्षीय तोकबहादुर गुरुङ, २१ वर्षीया भारती गुरुङ, १४ वर्षीया अम्बिका गुरुङ, ६९ वर्षीय बकुलाल गुरुङ, ३५ वर्षीय सानोकान्छा गुरुङ र १६ वर्षीया रिश्मा गुरुङ घाइते भएका छन्।
घाइते सबैको आँबुखैरेनी अस्पताल, तनहुँमा उपचार भइरहेको छ। दुर्घटनापछि जिप चालक आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ३३ वर्षीय लक्ष्मण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0