उडिरहेको इन्डिगो विमानमा पावर बैंकमा आगलागी, यात्रुमा त्रासपछि हैदराबादमा अवतरण
२५ असाेज,काठमाण्डाैं । भारतको दिल्लीबाट चेन्नईका लागि उडेको इन्डिगो एयरलाइन्सको विमानमा यात्रुले बोकेको पावर बैंकमा आगलागी भएपछि विमानलाई हैदराबादतर्फ मोडेर सुरक्षित अवतरण गराइएको छ।
आइतबार भएको घटनामा विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेका छन्। ‘टाइम्स अफ इन्डिया’का अनुसार इन्डिगोको उडान नम्बर 6E-6115 मा उडानकै क्रममा धुवाँ देखिएपछि विमानलाई हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन अवतरण गराइएको थियो।
यात्रुले बोकेको पावर बैंकमा आगलागी भएपछि विमानभित्र धुवाँ फैलिएको थियो। घटनापछि विमानका यात्रुहरूमा त्रास फैलिएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा यात्रुहरूले झोलाको सहायताले आगो निभाउने प्रयास गरेको देखिएको छ।
त्यसपछि विमानका चालक दलका सदस्यले अग्निनियन्त्रक उपकरण प्रयोग गरी आगो नियन्त्रणमा लिएका थिए। सुरक्षालाई ध्यानमा राख्दै पाइलटले विमानलाई हैदराबादतर्फ मोडेका थिए।
विमान त्यहाँ सुरक्षित अवतरण गरेको र घटनामा कुनै यात्रु वा चालक दलका सदस्य घाइते नभएको समाचारमा उल्लेख छ। विमान अवतरणपछि यात्रुलाई चेन्नईसम्म पुर्याउन अर्को विमानको व्यवस्था गरिएको थियो। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ। फाेटाे समाचार टाईम्स अफ ईन्डियाबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0