सिरहामा ९० किलो गाँजाजस्तो पदार्थ बरामद, एक जना पक्राउ
२७ असाेज,सिरहा । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ कल्याणपुरबाट ९० किलोग्राम गाँजाजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार राति करिब ११ बजे लागूऔषध गाँजाको बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय ४३ वर्षीय जगदिश यादवको घरमा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा घरभित्र सेतो बोरामा प्लास्टिकले बेरेर लुकाइछिपाइ राखिएको गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
बोरा सहित तौल गर्दा उक्त पदार्थको तौल ९१ किलोग्राम रहेको र बोरा बाहेक ९० किलोग्राम रहेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त पदार्थ बरामद गरी यादवलाई नियन्त्रणमा लिएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0