नवलपरासी पूर्वमा शंकास्पद वस्तु पड्किँदा एक भारतीयसहित दुई जना घाइते

Oct 12, 2026 - 16:32
 0  4
नवलपरासी पूर्वमा शंकास्पद वस्तु पड्किँदा एक भारतीयसहित दुई जना घाइते

२६ असाेज,नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ थकाली चोकमा शंकास्पद वस्तु काट्ने क्रममा अचानक विस्फोट हुँदा एक भारतीय नागरिकसहित दुई जना घाइते भएका छन् ।

 सोमबार बिहान करिब ११ः२० बजे बाहिरी भागमा डोरीजस्तो वस्तुले बेरिएको र भित्री भाग फलामजस्तो देखिने बेलनाकार वस्तु हेक्सा ब्लेडले काट्ने क्रममा पड्किएको हो ।

प्रहरीका अनुसार मध्यबिन्दु नगरपालिका–३ ब्रह्मस्थानका ४९ वर्षीय एकासी बोटेले कावासोती नगरपालिका–१७ अमलटारीघाटस्थित नारायणी नदीको किनारमा उक्त वस्तु फेला पारेका थिए ।

करिब दुई फिट लम्बाइ र १४ इन्च गोलाइको वस्तु घरमा ल्याएपछि उनले भारतको मोतिहारी घर भई हाल कावासोती–८ थकाली चोकमा बस्दै आएका २८ वर्षीय सचिन कुमारसँग मिलेर काट्ने प्रयास गरेका थिए । वस्तु अचानक पड्किँदा दुवै जना घाइते भएका हुन् ।

 उनीहरूलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको छ । दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

विस्फोट भएको वस्तुको पहिचान खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0