नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन
२६ असाेज,काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । सोमबार असोज २६ गते असहज महसुस भएपछि अस्पताल लैजाने क्रममा उनको निधन भएको हो ।
नैकापस्थित आफ्नै निवासमा रहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि पौडेललाई नजिकैको बर्न अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
नेकपा संयुक्तका प्रवक्ता दामोदर अर्यालले पौडेलको निधन भएको जानकारी दिएका छन् । उनलाई हृदयघात भएको आशंका गरिए पनि मृत्युको कारण पुष्टि भइसकेको छैन ।
डा. पौडेल पुराना कम्युनिस्ट नेता मोदनाथ प्रश्रितका एकमात्र छोरा हुन् । उनका श्रीमती र दुई छोराछोरी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0