भारतकाे मोतिहारीमा प्रहरीको छापा: कथित भू–माफिया राकेश शर्माको घरबाट २७ लाख नगद र ४ थान हतियार बरामद, छोरा पक्राउ

Oct 13, 2026 - 17:42
 0  17
भारतकाे मोतिहारीमा प्रहरीको छापा: कथित भू–माफिया राकेश शर्माको घरबाट २७ लाख नगद र ४ थान हतियार बरामद, छोरा पक्राउ

२७ असाेज,बारा । भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको मोतिहारीमा प्रहरीले कथित भू–माफिया राकेश शर्माको घरमा छापा मारेर २७ लाख रुपैयाँ नगद, चार थान हतियार र करिब १०० राउन्ड गोली बरामद गरेको छ। प्रहरीले घटनास्थलबाट उनका छोरा साहिल शर्मालाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 छतौनी थाना क्षेत्रअन्तर्गत बरियारपुरस्थित राकेश शर्माको आवासमा सोमबार राति प्रहरीले छापा मारेको हो। प्रहरीका अनुसार उक्त कारबाही प्रहरी अधीक्षक स्वर्ण प्रभातको निर्देशनमा गरिएको थियो।

छापामारीमा तीन जना डीएसपी र पाँचवटा प्रहरी थानाका टोली सहभागी थिए। राति प्रहरीका विभिन्न गाडी घटनास्थल पुगेपछि आवासमा खानतलासी सुरु गरिएको थियो। करिब चार घण्टासम्म चलेको कारबाहीका क्रममा नगद, हतियार तथा जग्गासम्बन्धी कागजात जाँच गरिएको समाचारमा उल्लेख छ।

प्रहरीले घरबाट दुई थान राइफल, दुई थान पेस्तोल र करिब १०० राउन्ड गोली बरामद गरेको जनाइएको छ। बरामद हतियारको वैधानिकता तथा जग्गासम्बन्धी कारोबारमा कुनै गैरकानुनी गतिविधि भएको छ वा छैन भन्ने विषय अनुसन्धानबाट स्पष्ट हुनेछ।

छापामारीका क्रममा राकेश शर्मा भने घरमा नभेटिएको र उनका छोरा साहिललाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।श्राेत:दैनिक जागरणबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0