झापाको चिया बगानबाट ५५७ केजी गाँजा बरामद
२० कातिक,झापा । मेचीनगर नगरपालिका–५ सिर्जना चोकस्थित चिया बगानबाट प्रहरीले ५५७ केजी अवैध गाँजा बरामद गरेको छ।
सुक्बारर बिहान करिब ७ः५० बजे स्थानीय टेकेन्द्र थापाको व्यक्तिगत चिया बगानमा बेवारिसे अवस्थामा गाँजा राखिएको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा १३ पोका गाँजा फेला पारेको हो।
प्रहरीका अनुसार प्लास्टिकसहित तौल गर्दा ५६२ केजी ८०० ग्राम र प्लास्टिक हटाउँदा ५५७ केजी गाँजा रहेको पाइएको छ। चिया बगानका धनी थापा हाल विदेशमा रहेको बताइएको छ। बरामद गाँजा आवश्यक मुचुल्का गरी प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0