रौतहटमा मोटरसाइकलको ट्याङ्कीबाट ३० लाख र गौरको पसलबाट साढे १४ लाखभन्दा बढी नगद बरामद, दुई पक्राउ
१८ कातिक,बारा । रौतहटमा प्रहरीले मोटरसाइकलको पेट्रोल ट्याङ्कीबाट ३० लाख रुपैयाँ नगद बरामद गरेको छ। र
त्यस्तै, गौरस्थित एक पसलबाट समेत १४ लाख ५० हजार रुपैयाँभन्दा बढी नगद बरामद गरिएको छ। प्रहरीले दुवै स्थानबाट ठूलो परिमाणमा नगद बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयले प्रहरी टाेली परिचालन गरी थप नगद बरामद गर्न प्रहरी सफल भएको हो।
बरामद रकमको स्रोत, कारोबारको प्रकृति तथा घटनामा संलग्न अन्य व्यक्तिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0