बारामा श्रीमतीमाथि छुरा प्रहार गरी फरार रहेका श्रीमान् वीरगञ्जबाट पक्राउ
१९ कातिक,बारा । बारामा घरायसी विवादका क्रममा श्रीमतीमाथि धारिलो हतियार छुरा प्रहार गरी फरार भएका श्रीमान् पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बारा फेटा गाउँपालिका–७ जोतपुर गमरिया बस्ने २८ वर्षीय अलियास अंसारी रहेका छन् ।
उनले कात्तिक १७ गते राति करिब १०ः३० बजे जितपुरसिमरा उपमहानगरपालिका–२० कञ्चनपुरस्थित आफ्नै ससुराली घरनजिकै आँपबारीमा श्रीमती २५ वर्षीया गुल्सान अंसारीलाई बोलाएर कुराकानी गर्ने क्रममा घरायसी विवाद भएपछि पेटलगायत शरीरका विभिन्न भागमा छुरा प्रहार गरेका थिए ।
छुरा प्रहारबाट गम्भीर घाइते भएकी गुल्सानलाई उपचारका लागि सुरुमा नारायणी अस्पताल वीरगञ्ज लगिएको थियो ।
त्यहाँबाट थप उपचारका लागि वीरगञ्ज हेल्थकेयर लगिएकोमा शल्यक्रिया गरी आईसीयूमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि फरार रहेका अलियासलाई कात्तिक १९ गते दिउँसो करिब १ बजे प्रहरी चौकी इनर्वासिराबाट खटिएको टोलीले पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित बसपार्कको एक होटलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका अलियासमाथि इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0