गुल्मीमा स्कार्पियो २ सय ५० मिटर तल खस्दा ५ जनाको मृत्यु, ४ जना गम्भीर घाइते

Oct 26, 2026 - 18:25
 0  9
गुल्मीमा स्कार्पियो २ सय ५०  मिटर तल खस्दा ५ जनाको मृत्यु, ४ जना गम्भीर घाइते

९ कात्तिक,गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कार्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने अन्य ४ जना गम्भीर घाइते भएका छन्।

 सोमबार अपराह्न करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा.अ. ०२२० नम्बरको स्कार्पियो सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो।

 दुर्घटनामा परी ५ जनाको घटनास्थलमै मृत्यु भएको र ४ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

गम्भीर घाइतेहरूलाई उपचारका लागि स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पताल पठाइएको छ। दुर्घटनामा मृत्यु भएकाहरूको शव घटनास्थलबाट माथि ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ।

 दुर्घटनाको कारण र मृतकहरूको पहिचानबारे थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0