हेटौँडामा ईभी माइक्रो र सुमो ठोक्किँदा पर्साका ६ सहित ११ घाइते

Aug 30, 2026 - 16:27
 0  1
हेटौँडामा ईभी माइक्रो र सुमो ठोक्किँदा पर्साका ६ सहित ११ घाइते

१४ भदाै,हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ पिपलबोटस्थित महेन्द्र राजमार्गमा ईभी माइक्रो र सुमो एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।

आइतबार दिउँसो करिब १२ः३० बजे काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज. ०६९७ नम्बरको यात्रुवाहक ईभी माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको ना.१ ज. ५८७३ नम्बरको यात्रुवाहक सुमो आपसमा ठोक्किएका हुन् ।

 दुर्घटनामा सुमो चालकसहित सुमोमा सवार ६ जना तथा माइक्रो चालकसहित माइक्रोमा सवार ५ जना गरी ११ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये पर्साका सुमो चालक ३४ वर्षीय रविन्द्र उपाध्यायको अवस्था सामान्य छ ।

पर्साकै ३१ वर्षीया राधिका देवीको अवस्था मध्यम रहेको छ भने रेखा ओझा, उपम देवी, शौरवकुमार गुप्ता र उनका २ वर्ष ६ महिनाका छोरा सौर्य साहको अवस्था सामान्य रहेको छ ।

त्यस्तै, माइक्रो चालक गोरखाका ३० वर्षीय सोमबहादुर गुरुङ, रौतहटका ८ वर्षीया खजिना खातुन, सर्लाहीका ३१ वर्षीय हरिन्द्र राय, ३१ वर्षीय राकेश महन्त र २२ वर्षीय शत्रुधन कुशहवाको अवस्था पनि सामान्य रहेको जनाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0