सुनसरीमा भन्सार छली ल्याइएको पाउडर दूधसहित पिकअप र दुई जना पक्राउ
९ असाेज,सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–३ डाँडाटोलबाट भन्सार छली ल्याइएको पाउडर दूधसहित पिकअप गाडी र दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले असोज ८ गते राति चेकजाँच गर्ने क्रममा प्रदेश १–०१–००२ च १८६४ नम्बरको पिकअप गाडीबाट ३ सय ३० किलोग्राम पाउडर दूध बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद पाउडर दूधको मूल्य करिब २ लाख ६४ हजार रुपैयाँ बराबर रहेको छ। पाउडर दूधसहित प्रहरीले सुनसरीको देवानगञ्ज–२ का ४३ वर्षीय चालक ज्ञानदेव मेहता र इटहरी–५ का ४० वर्षीय अर्जुन खड्कालाई नियन्त्रणमा लिएको छ।
बरामद पाउडर दूध, पिकअप गाडी र नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाइएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0