सिमरामा धारिलो हतियार प्रहार गरी शेरबहादुरको हत्या, आयुष राई फरार
३ असाेज,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित नेपाल केबुल अगाडिकाे एक हाटेलमा झै–झगडाका क्रममा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–२ निवासी ३८ वर्षीय शेरबहादुर खड्का रहेका छन् । प्रहरीका अनुसार आपसी झगडाका क्रममा सोही स्थान बस्ने ठुले राईका छोरा अन्दाजी २२ वर्षीय आयुष राईले धारिलो हतियार प्रहार गर्दा खड्काको घाँटीमा गम्भीर चोट लागेको थियो ।
घाइते खड्कालाई तत्काल उपचारका लागि सिमरा नगर अस्पताल लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको थियो ।
खड्काको उपचारकै क्रममा शनिबार साँझ ६ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि धारिलो हतियार प्रहार गर्ने आरोपित आयुष राई फरार रहेको प्रहरीले जनाएको छ ।
उनको खोजतलास भइरहेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0