सिमराको आकाशमा दुई फन्को लगाएपछि काठमाडौं फर्कियो बुद्ध एयर
९ असाेज,बारा । सिमराको मौसम प्रतिकूल भएपछि काठमाडौं–सिमरा उडानमा आएको बुद्ध एयरको विमान सिमरा विमानस्थलमा अवतरण गर्न नसकी पुनः काठमाडौं फर्किएको छ।
बुद्ध एयरको BHA 551 उडान नम्बरको विमान सिमराको आकाशमा करिब दुई फन्को लगाएपछि अवतरणको प्रयास नगरी काठमाडौं फर्किएको हो।
विमान अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको बुझिएको छ। सिमरामा शुक्रबार बिहानैदेखि वर्षासहितको प्रतिकूल मौसम रहेको छ।
मौसम पूर्वानुमानअनुसार पनि सिमरा क्षेत्रमा बिहान वर्षाको सम्भावना रहेको जनाइएको थियो। मौसमका कारण विमान अवतरण गर्न नसकेपछि यात्रुहरू प्रभावित भएका छन्।
बुद्ध एयरले काठमाडौं–सिमरा रुटमा दैनिक करिब ६ वटा उडान सञ्चालन गर्दै आएको जनाएको छ।फाेटाे- सुनिल गाउले
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0