सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते
३१ भदाै,सर्लाही । सर्लाहीको कबिलासी नगरपालिका–७ सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
मलङ्गवा–नवलपुर सडकखण्डमा मंगलबार साँझ मधेस प्रदेश ०३–०३३ प ७८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भारतीय बीआर ३० एपी १२२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा ७८२४ नम्बरको मोटरसाइकल चालक गोडैता नगरपालिका–६ का ३० वर्षीय सुमित यादव र भारतीय नम्बरको मोटरसाइकल चालक कबिलासी नगरपालिका–८ का २६ वर्षीय पप्पु पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
गम्भीर घाइते दुवै जनाको प्रादेशिक अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी वेदप्रकाश गौतमले जानकारी दिए।
दुर्घटनामा १२२४ नम्बरको मोटरसाइकलमा सवार कबिलासी नगरपालिका–८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलङ्गवा नगरपालिका–६ का १८ वर्षीय बब्लुकुमार पासवान पनि घाइते भएका छन्। उनीहरूको अनुहार, टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
दुवै घाइतेलाई प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको डिएसपी गौतमले बताए। प्रहरीका अनुसार तीव्र गतिका कारण दुवै मोटरसाइकल आपसमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुवै मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0