वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बसबाट २७ लाख ९३ हजारको भन्सार छलीका सामान बरामद

Oct 1, 2026 - 20:33
 0  6
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बसबाट २७ लाख ९३ हजारको भन्सार छलीका सामान बरामद

१५ असाेज,काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ सुरुङमार्गस्थित चेक प्वाइन्टबाट प्रहरीले २७ लाख ९३ हजार ४ सय रुपैयाँ बराबरको बिल–बिजक नभएका सामान बरामद गरेको छ।

बिहीबार बिहान करिब ७ः३० बजे वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३–००१ ख ३४९३ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा डिक्कीमा लुकाइराखिएको सामान फेला पारेको हो।

प्रहरीका अनुसार बरामद सामानमा ४०६ थान स्मार्टवाच टी–८००, ७ हजार ३६० थान ठूला हातेघडी, ४०६ थान स्मार्टवाच एच–९ प्रो, १०० थान स्मार्टवाच वाई–१९ प्रो र ९८ थान स्मार्टवाच टी–९०० रहेका छन्।

त्यस्तै, घडीको चिप २९ बाकस, २०४ थान लेडिज कुर्ता, १ हजार ५५० थान साना हातेघडी, खाने चिज ४ कार्टुन, अमूल मिल्क क्रिम ३५ लिटर, स्प्रेक्स पर्फ्युम २ कार्टुन र माल्किस्ट बिस्कुट ४७ प्याकेट पनि बरामद भएको प्रहरीले जनाएको छ।

 प्रहरीले बरामद सामान आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0