वीरगञ्जको क्लार्क रिसोर्टस्थित ‘गोल्डेन फिंगर गेमिङ जोन’ क्यासिनोमा फेरि प्रहरी छापा, चार नेपालीसहित पाँच जना पक्राउ

Oct 21, 2026 - 05:40
 0  22
वीरगञ्जको क्लार्क रिसोर्टस्थित ‘गोल्डेन फिंगर गेमिङ जोन’ क्यासिनोमा फेरि प्रहरी छापा, चार नेपालीसहित पाँच जना पक्राउ

४ कार्तिक बारा । वीरगञ्ज महानगरपालिका–१४, गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित ‘गोल्डेन फिंगर गेमिङ जोन’ क्यासिनोमा मंगलबार राति करिब १०:३० बजे प्रहरीले छापा मार्दा चार नेपाली नागरिक र एक कर्मचारी पक्राउ परेका छन्।

प्रहरीलाई नेपाली नागरिकले क्यासिनोमा जुवा खेलिरहेको सूचना प्राप्त भएपछि खटिएको टोलीले छापा मारेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिकाका रामचन्द्र साह, प्रसौनी गाउँपालिका–३ का अच्छेलाल र सुभाष साह तथा रौतहटको बौधिमाई नगरपालिकाका सुमेश्वर जैसवाल रहेका छन्।

 उनीहरूसँगै क्यासिनोका कर्मचारी सुनिल कुमार पनि पक्राउ परेका छन्। यसअघि गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसमेत पक्राउ सोही क्यासिनोमा यसअघि २०८३ भदौ २० गते प्रहरीले छापा मार्दा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलसहित आठ जना पक्राउ परेका थिए।

 नेपाली नागरिकले क्यासिनोमा जुवा खेलेको आरोपमा पक्राउ परेका उनीहरू पछि अदालतबाट धरौटीमा रिहा भएका थिए।  समाचारअनुसार अध्यक्ष यादव २५ हजार र प्रहरी निरीक्षक पौडेल १८ हजार रुपैयाँ धरौटीमा छुटेका थिए।

 एउटै क्यासिनोमा जनप्रतिनिधि र प्रहरी अधिकृतसमेत पक्राउ परेको घटनापछि पुनः प्रहरी छापा पर्नुले त्यहाँ नेपाली नागरिकको प्रवेश तथा जुवा खेल्ने गतिविधिबारे चासो बढाएको छ।

मंगलबार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।फाेटाे:एआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0