अक्षय कुमारको घरमा सुरक्षा कडा, बुलेटप्रुफ सिसा जडान गरिँदै

Oct 21, 2026 - 15:28
 0  10
अक्षय कुमारको घरमा सुरक्षा कडा, बुलेटप्रुफ सिसा जडान गरिँदै

४ कार्तिक,काठमाण्डाैं  । बलिउड अभिनेता अक्षय कुमारको मुम्बईस्थित घरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

 उनको घरमा बुलेटप्रुफ सिसा जडान गर्ने काम भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अभिनेता टाइगर श्रफको गाडीमा मुम्बईको जुहूस्थित पुष्पा नर्सी ग्राउन्ड नजिक गोली प्रहार भएको घटनापछि बलिउडका चर्चित कलाकारहरूको सुरक्षा व्यवस्थामा थप सतर्कता अपनाइएको हो।

भारतीय सञ्चारमाध्यम  अनुसार गोली प्रहारको घटनाबारे अनुसन्धान गर्दा आक्रमणकारीहरूले अभिनेता सलमान खानसहित अन्य चर्चित कलाकारका घरको समेत रेकी गरेको विवरण सार्वजनिक भएको छ।

 त्यसपछि अक्षय कुमारको घरबाहिर पनि प्रहरी परिचालन गरिएको छ। यसैबीच, सलमान खानको घरमा रहेको बुलेटप्रुफ सुरक्षा संरचनालाई थप मजबुत बनाउने काम भइरहेको र अक्षय कुमारको घरमा पनि बुलेटप्रुफ सिसा जडान गर्न लागिएको समाचारमा उल्लेख छ।

 घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0