बाँकेको कपासीमा विद्युत् सर्ट भएर आगलागी, सात घर पूर्णरूपमा जले
४ कार्तिक,काठमाण्डाैं । बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन्।
आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको छ। बुधबार दिउँसो करिब २ः२० बजे स्थानीय इद्दु खानको घरमा विद्युत् सर्ट भई आगलागी भएको हो। घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाका दमकल तथा प्रहरीको सहयोगमा दिउँसो ४ बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट साबिर खान, इद्दु खान, फिरोज खान र जाबिर खानका खरले छाएका एकतले कच्ची घर तथा जाबेद खान, सरनाम खान र सौरभ खानका टिनले छाएका एकतले कच्ची घर पूर्णरूपमा जलेका छन्।
त्यस्तै, महेश खानको पक्की घरको एउटा झ्यालमा समेत क्षति पुगेको छ। आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। अन्य भौतिक क्षतिको विवरण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0