टाइगर श्राफ गोली प्रहार प्रकरण: एक नाबालिगसहित तीन जना रेलबाट नियन्त्रणमा

Oct 19, 2026 - 13:10
 0  14
टाइगर श्राफ गोली प्रहार प्रकरण: एक नाबालिगसहित तीन जना रेलबाट नियन्त्रणमा

२ कार्तिक,काठमाण्डाैं । भारतीय अभिनेता टाइगर श्राफसँग सम्बन्धित गोली प्रहारको घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्।

भारतीय सञ्चारमाध्यम एबीपी न्यूजका अनुसार पक्राउ परेका तीनै जनालाई राजस्थानको कोटामा पुणे–जयपुर एक्सप्रेस रेलबाट सोमबार बिहान करिब १०ः१७ बजे नियन्त्रणमा लिइएको हो।

समाचारअनुसार पक्राउ परेकामध्ये एक जना नाबालिग रहेका छन्। प्रहरीले पक्राउ परेका तीनै जनासँग सोधपुछ गरिरहेको छ भने गोली प्रहारको घटनासँग सम्बन्धित अन्य पक्षबारे पनि अनुसन्धान अघि बढाएको छ।

एबीपी न्यूजले जनाएअनुसार घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिहरूको भूमिकाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0