बाराको जितपुरसिमरामा कुलोमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला

Oct 21, 2026 - 07:17
Oct 21, 2026 - 07:43
 0  14
बाराको जितपुरसिमरामा कुलोमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला

४ कार्तिक,बारा  ।  बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ मा बुधबार बिहान कुलोमा एक पुरुषको शव फेला परेको छ।

 मृतकको उमेर करिब ५५ वर्ष रहेको जनाइएको छ। स्थानीयका अनुसार मृतक जितपुर निवासी हरिनारायण सहनी (बिल्टु) हुन्। उनी मंगलबार राति घर नफर्किएपछि परिवारले खोजी गरिरहेको थियो।

 बुधबार बिहान उनकी श्रीमतीले कुलोमा शव देखेपछि स्थानीयलाई खबर गरेकी थिइन्। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

 स्थानीय सञ्चारकर्मी मनोज साहका अनुसार प्रहरीले घटनाबारे जानकारी संकलन गरिरहेको छ। पुरुषको मृत्यु कुन कारणले भएको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0