एयर पेस्तोल देखाएर मार्ने धम्की दिने बाँकेका २८ वर्षीय चौधरी पक्राउ
४ कार्तिक,काठमाण्डाैं । बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८ टिटिरिया निवासी २८ वर्षीय सन्दीप चौधरी रहेका छन्। कात्तिक ४ गते बिहान करिब ५ः३० बजे सोही स्थानका २९ वर्षीय श्यामकुमार थारुको किराना पसलको आँगनमा उनीहरूबीच विवाद भएको थियो।
विवादका क्रममा मादक पदार्थ सेवन गरेका चौधरीले आफूसँग रहेको एयर पेस्तोल देखाउँदै थारुलाई मार्ने धम्की दिएको सूचना प्रहरीले प्राप्त गरेको थियो।
सूचनापछि प्रहरी चौकी रनियारपुर दहवा र इलाका प्रहरी कार्यालय धनौली, बाँकेबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट एक थान एयर पेस्तोलसमेत बरामद गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0