विशिष्ट व्यक्तिलाई विनाकारण पक्राउ गरे सरकारलाई ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

Sep 28, 2026 - 19:06
 0  2
विशिष्ट व्यक्तिलाई विनाकारण पक्राउ गरे सरकारलाई ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

१२ असाेज,काठमाडौं । प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशिष्ट व्यक्तिहरूलाई विनाकारण पक्राउ गर्ने क्रम नरोकिए वर्तमान सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

सोमबार सिंहदरबारस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ प्रकरणतर्फ संकेत गर्दै कानुनविपरीत धरपकड गर्ने कार्य दोहोर्‍याउन नहुने बताए।

उनले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत राखेर राज्यले विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने हो भने त्यसको परिणाम सरकारकै लागि घातक हुन सक्ने बताए। यद्यपि उनले आफूले भनेको ‘ठूलो मूल्य’ के हो भन्ने स्पष्ट पारेनन्।

प्रचण्डले सुरक्षा थ्रेट देखाएर पक्राउ गर्नुको सट्टा सम्बन्धित व्यक्तिको सुरक्षामा आवश्यक व्यवस्था गर्नुपर्ने बताए। साँच्चिकै सुरक्षा चुनौती थियो भने घरमै सुरक्षाकर्मीको संख्या बढाउन सकिने उनको भनाइ थियो। उनले सुरक्षा थ्रेटको नाममा गरिएको धरपकड सामान्य मानिसले समेत बुझ्ने खालको बहानाजस्तो देखिएको टिप्पणी गरे।

कानुनी प्रक्रिया मिचेर पक्राउ गर्ने कार्यले राज्यप्रति नै प्रश्न उठाउने भन्दै उनले सरकारलाई सचेत गराए। यसैबीच, प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले राखेको अभिव्यक्तिबारे पनि प्रतिक्रिया दिएका छन्।

उनले प्रधानमन्त्रीले महासभामा बोल्नुपर्ने विषय नै बोलेको भन्दै त्यसलाई लिएर अनावश्यक बढाइचढाइ गर्न आवश्यक नरहेको बताए। प्रधानमन्त्रीको स्थानमा अरू जो भए पनि त्यही विषयमा बोल्ने उनको धारणा थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0