रौतहटमा स्रोत नखुलेको एक लाख बढी भारतीय रुपैयाँसहित दुई भारतीय पक्राउ
१७ असाेज,रौतहट । रौतहटको गौर भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको १ लाख ८ हजार ५ सय भारतीय रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्नेमा भारतको शिवहर जिल्ला रामपुर भटहा थाना निवासी २२ वर्षीय करण कुमार गिरी र ३५ वर्षीय लालबाबु राय रहेका छन्।
उनीहरूलाई शुक्रबार साँझ करिब गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय अगाडिबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरूको साथबाट स्रोत नखुलेको १ लाख ८ हजार ५ सय भारतीय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ
। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0