रौतहटका दुई जना २ किलो ९७० ग्राम अफिमसहित बाराबाट पक्राउ
१४ असाेज,बारा । बारा प्रहरीले जितपुरसिमराबाट २ किलो ९७० ग्राम लागूऔषध अफिम (चोप) सहित दुई जनालाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जलाई मकवानपुर, सिन्धुलीलगायत विभिन्न जिल्लाबाट अफिम (चोप) संकलन गरी तराई–मधेशका विभिन्न स्थानमा बिक्री वितरण भइरहेको विशेष सूचना प्राप्त भएको थियो।
उक्त सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्ज र इलाका प्रहरी कार्यालय सिमराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले जितपुरसिमरा उपमहानगरपालिका–२ बाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–३ का ४५ वर्षीय आईत सिंह जिम्बा र सोही स्थानकी ४५ वर्षीया रोशनी राई रहेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट २ किलो ९७० ग्राम अफिम (चोप) र दुई थान मोबाइल बरामद भएको छ। प
क्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरा, बारामा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0