रौतहटका जैसवालसहित ५ जना चोरीका १४ पावर टिलरसहित काठमाण्डाैंमा क्राउ

Sep 25, 2026 - 17:41
 0  14
रौतहटका जैसवालसहित ५ जना चोरीका १४ पावर टिलरसहित काठमाण्डाैंमा क्राउ

९ असाेज,काठमाण्डाैं । राैतहटको परोहा नगरपालिका–५ घर भएका एक व्यक्तिसहित पाँच जना चोरीका १४ थान पावर टिलरसहित काठमाडौंमा पक्राउ परेका छन्।

 काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट हाते ट्याक्टर (पावर टिलर) चोरी भएको सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा उनीहरूलाई बुधबार भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ बाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रौतहटको परोहा नगरपालिका–५ घर भई भक्तपुरको बोडेमा कवाड सञ्चालन गर्दै आएका ३५ वर्षीय राजेश्वर जैसवाल रहेका छन्। उनीसँगै भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङका ४१ वर्षीय राजु मचामसी, २१ वर्षीय राजेश मचामसी र १९ वर्षीय राजन मचामसी तथा काभ्रेको पाँचखाल नगरपालिका–४ घर भई कवाड सञ्चालन गर्दै आएका ४८ वर्षीय बिपिन कुमार शाही पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट बा ३१ प २१५९ नम्बरको मोटरसाइकलसहित विभिन्न स्थानबाट चोरी भएका १४ थान पावर टिलर बरामद गरिएको छ।

पक्राउ परेका पाँचै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर प्रहरी वृत्त स्वयम्भूले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले असोज ९ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत घटनाबारे जानकारी दिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0