रिम्बीमा पहिरोपछि सिक्किमका मुख्यमन्त्रीले भने– जनताको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्छौं

Sep 25, 2026 - 10:37
 0  9
रिम्बीमा पहिरोपछि सिक्किमका मुख्यमन्त्रीले भने– जनताको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्छौं

९ असाेज,काठमाण्डाैं ।   भारतको सिक्किम राज्यको ग्याल्सिङ जिल्लास्थित रिम्बीमा भारी वर्षापछि गएको पहिरोप्रति मुख्यमन्त्री प्रेमसिंह तामाङ–गोलेले गहिरो दुःख र चिन्ता व्यक्त गरेका छन्।

 मुख्यमन्त्री तामाङले रिम्बीको अवस्था गम्भीर रहेको जनाउँदै प्रभावित नागरिकको सुरक्षा र कल्याण सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। उनले सम्बन्धित अधिकारीलाई उच्च सतर्कतामा रहन, अवस्थाको निरन्तर निगरानी गर्न तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै उपाय अपनाउन निर्देशन दिइएको बताएका छन्।

 मुख्यमन्त्री तामाङले लामो समयदेखि कठिन परिस्थितिको सामना गरिरहेका रिम्बीका बासिन्दाले भोगिरहेको दुःख र अनिश्चितताप्रति आफू जानकार रहेको उल्लेख गर्दै प्रभावित प्रत्येक परिवारप्रति सहानुभूति व्यक्त गरेका छन्।

उनले भारी वर्षाका कारण थप जोखिम हुन सक्ने भन्दै नागरिकलाई सतर्क रहन, सरकारी निकायका सूचना तथा सुरक्षा निर्देशन पालना गर्न र एकअर्कालाई आवश्यक सहयोग गर्न आग्रह गरेका छन्।

 मुख्यमन्त्री तामाङले राज्य सरकारले रिम्बीको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको र नागरिकको सुरक्षा तथा संरक्षणका लागि आवश्यक सबै कदम निरन्तर चालिरहने बताएका छन्। उनले आफ्नो सन्देशको अन्त्यमा ‘हामी रिम्बीका जनताको साथमा छौँ’ भन्दै प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएका छन्।स्वतन्त्र आवाज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0