मकवानपुरमा यात्रुवाहक ईभी गाडी ५ सय मिटर तल खस्यो, उद्धार कार्य जारी

Nov 12, 2026 - 08:08
 0  13
मकवानपुरमा यात्रुवाहक ईभी गाडी ५ सय मिटर तल खस्यो, उद्धार कार्य जारी

ईर्साद अन्सारी

२६ कातिक,बारा। मकवानपुरको भीमफेदीमा यात्रुवाहक विद्युतीय (ईभी) गाडी दुर्घटना भएको छ।

 बिहीबार बिहान भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा उक्त दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको यात्रुवाहक ईभी गाडी बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डबाट करिब ५०० मिटर तल खसेको छ।

 दुर्घटनाग्रस्त गाडीमा चालकसहित १३ देखि १४ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरी उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मानवीय क्षति भए–नभएको तथा घाइतेको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0