काभ्रेमा दुई बस एकआपसमा ठोक्किँदा २५ जना घाइते

Nov 12, 2026 - 14:50
 0  8
काभ्रेमा दुई बस एकआपसमा ठोक्किँदा २५ जना घाइते

२६ कातिक,काठमाण्डमैं  । काभ्रेको धुलिखेलबाट बनेपातर्फ आउँदै गरेका दुई बस एकआपसमा ठोक्किँदा २५ जना घाइते भएका छन्।

बिहीबार  बिहान करिब ११ः४० बजे धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख ५०६४ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

 दुर्घटनामा घाइते भएका २५ जनालाई उपचारका लागि बनेपास्थित शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पताल पठाइएको छ। घाइतेमध्ये २१ जनाको शीर मेमोरियल अस्पतालमा र चार जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

 शीर मेमोरियल अस्पतालमा उपचाररत घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ भने अधिकांशको अवस्था सामान्य रहेको छ। धुलिखेल अस्पतालमा घाइते हुनेमा काभ्रे, सिन्धुपाल्चोक, खोटाङ, काठमाडौं र सिन्धुली जिल्लाका सर्वसाधारण रहेका छन्।

घाइतेमध्ये बालबालिका तथा किशोरकिशोरीसमेत छन्। दुर्घटनापछि प्रहरीले दुवै बस र चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। चारै जनाको अवस्था सामान्य रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0