कारागारको पर्खाल नाघेका फरार भएका कैदी ५ घण्टा नबित्दै सीमावर्ती क्षेत्रबाट पक्राउ
२६ कातिक,पर्सा । पर्साको वीरगञ्ज कारागारबाट फरार भएका एक कैदीलाई नेपाल प्रहरीले पाँच घण्टाभित्रै भारतको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले एक प्रेस विज्ञप्ति जारी गर्दै यस घटनाको पुष्टि गरेका छन्।
प्रहरीका अनुसार, जबरर्जस्ती करणी मुद्दामा सजाय काटिरहेका पर्साको पोखरिया नगरपालिका–४, सतवरिया बस्ने ३० वर्षीय सुनिल साह तुरहा बिहीबार बिहान करिब ८:२० बजेतिर कारागारको प्यारोल शाखाको पर्खालबाट भागेका थिए
। कैदी फरार भएको खबर पालगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको सक्रिय टोलीले उनको तीव्र खोजी गरेको थियो। सोही क्रममा फरार साहलाई भारतको बिहारस्थित मोतिहारी जिल्लाको आदापुर थाना क्षेत्रअन्तर्गत नेपाल–भारत सीमा नजिकैबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सीमा क्षेत्रबाट पक्राउ गरिएका साहलाई हाल जिल्ला प्रहरी कार्यालय पर्सामा राखී थप अनुसन्धान र कानुनी कारबाही अगाडि बढाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0