भोटेकोशी बाढीको ११औँ दिनमा बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको जीवितै उद्धार

Sep 5, 2026 - 14:29
 0  13
भोटेकोशी बाढीको ११औँ दिनमा बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको जीवितै उद्धार

२० भदाै,नुवाकोट । रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको ११औँ दिनमा नुवाकोटको बेत्रावती बजारस्थित एक घरबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको जीवितै उद्धार गरिएको छ।

विदुर नगरपालिका–१० की श्रेष्ठलाई बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट सशस्त्र प्रहरी बल, नेपालका इन्सपेक्टर सुमन विकको कमान्डमा खटिएको टोलीले उद्धार गरेको हो।

 उद्धारका क्रममा श्रेष्ठ अचेत अवस्थामा भेटिनुभएको थियो। उद्धारपछि श्रेष्ठलाई हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैथिलक ब्यारेक ल्याइँदैछ।

 त्यहाँ प्रारम्भिक उपचार गरिने र स्वास्थ्य अवस्था तथा चिकित्सकीय आवश्यकताअनुसार थप उपचारका लागि काठमाडौं पठाइने तयारी गरिएको छ।

भोटेकोशीमा आएको बाढीका कारण बेत्रावतीसहित नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति भएको छ। उद्धार तथा खोजी कार्य अझै जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0