भोटेकोशी बाढीको क्षति भयावह, १ हजार ४ सय ५४ शव भेटिए,४ हजार ७ सय १८ अझै बेपत्ता
ईर्साद अन्सारी
१४ असाेज,काठमाडौं । भोटेकोशी बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहँदा हालसम्म १ हजार ४ सय ५४ जनाको शव फेला परेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार फेला परेका शवमध्ये रसुवामा २ सय ३६, नुवाकोटमा २४, धादिङमा ७२, चितवनमा ३ सय ६९, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासीमा २ सय २२ जनाको शव रहेका छन् । फेला परेका शवको पहिचान तथा व्यवस्थापनको प्रक्रिया अघि बढाइएको छ ।
प्रहरीका अनुसार डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरेर हालसम्म १ हजार ३ सय ३४ शव व्यवस्थापन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत वितरण र शव व्यवस्थापनका लागि ७ हजार ९ सय ७५ प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसैबीच, बाढीपछि सम्पर्कविहीन रहेका ४ हजार ७ सय १८ जनाको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0