भेडासिंहबाट १.४६६ किलो सुनजस्तो देखिने धातु र ७ लाख ५६ हजार नगद बरामद

Sep 21, 2026 - 09:21
 0  5
भेडासिंहबाट १.४६६ किलो सुनजस्तो देखिने धातु र ७ लाख ५६ हजार नगद बरामद

५ असाेज,काठमाडौं, ६ असोज। काठमाडौंको भेडासिंहबाट प्रहरीले सुनजस्तो देखिने धातुका गरगहना तथा विभिन्न सामग्रीसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२६ भेडासिंहबाट भारत घर भएका ४१ वर्षीय मानिक दासलाई नियन्त्रणमा लिइएको हो। उनको साथबाट १ किलो ४ सय ६६ ग्राम ६ सय ८० मिलिग्राम तौल बराबरको सुनजस्तो देखिने धातुका विभिन्न गरगहना तथा सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, प्रहरीले दासको साथबाट ७ लाख ५६ हजार रुपैयाँ नगद समेत बरामद गरेको जनाएको छ। बरामद सामग्री सुन हो वा अन्य कुनै धातु हो भन्ने विषयमा परीक्षण तथा अनुसन्धान हुने प्रहरीले जनाएको छ।

पक्राउ परेका दासलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0